धनगढी : धनगढीका तिन पेट्रोल पम्पमा ‘सिल’ गरिएको छ । नियमित बजार अनुगमनको क्रममा सोमवार जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा नाप तौल कार्यालय र आयल निगमको टोलीले धनगढीका आयल स्टोरको अनुगमन गरेको थियो ।
सो क्रममा धनगढीको हरि, मल्ल र शिवशंकर आयल स्टोरमा सिल गरिएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा राममूर्ति सिंहले जानकारी दिए ।
उनका अनुसार हरि आयाल स्टोरका तिन वटै पम्पमा सिल गरिएको छ भने मल्ल आयाल स्टोरको एक साईडको पम्पमा सिल गरिएको छ ।
त्यस्तै, शिवशकरको डिजेल पम्पमा शिल गरिएको हो । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीमा प्रमुख रोशन गौतमले पेट्रोल पम्पका चाज गर्दा परिणाम कम देखिएकोले शिल गरिएको बताए ।
उनले शिल गरिएका पेट्रोल पम्पलाई सुरुमा कारवाही वापत जरिवाना तिराईने बताए । मर्मत गरेर चेकजाच गरेपछि मात्रै शिल गरिएका पेट्रोल पम्पले कारोवार गर्न पाउने उनले जानकारी दिए ।