थप १४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २७

थप १४ जनामा कोरोना पुष्टि, संक्रिय संक्रमित २७

काठमाडौं: थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ८५८ नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३१९ र एन्टिजेनबाट ५३९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

हाल सक्रिय कोरोना संक्रमितको संख्या २७ पुगेको छ