चिसोबाट प्रभावित पर्ने वर्ग तथा समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गर्न  प्रशासनको निर्देशन

चिसोबाट प्रभावित पर्ने वर्ग तथा समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गर्न  प्रशासनको निर्देशन

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले चिसोबाट प्रभावित पर्ने वर्ग तथा समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।
बिहिबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको बैठकमा प्रशासनले स्थानीय तह तथा अन्य निकायहरुलाई शीतलहरबाट हुन सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न विशेष कार्यक्रम गर्न आग्रह गरेको हो ।
‘चिसोको मौसममा जेष्ठ नागरिकहरु, विरामीहरु, बालवालिकाहरु, सुत्केरी तथा गर्भवती महिलाहरु, घरविहीन तथा अति विपन्न वर्ग र विपद् प्रभावित वर्गलाई बढी असर पर्ने भएकोले उक्त समूहलाई विशेष सम्बोधन हुने गरी कार्यक्रम संचालन गर्न÷गराउन स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी, ल्न्इक लगायतका निकायहरुसंग समन्वय गरी शीतलहरबाट हुनसक्ने संभावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्न’ सो निर्णयमा भनिएको छ । 
यस्तै बैठकले शीतलहरबाट हुन सक्ने जोखिम एंव धनजनको सम्भावित क्षति तथा शितलहरको असर न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप सबै स्थानीय तहहरुले जोखिम संभावित स्थानहरु तथा परिवारहरुको पहिचान गर्न, आश्रय स्थलको पहिचान गर्न, आ–आफ्नो क्षेत्र भित्र आवश्यक पर्ने न्यानो कपडाको व्यवस्था मिलाउन र चोक चोकमा आवश्यक पर्ने काठ दाउराको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
‘सामुदायिक वनहरुलाई डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरसंग समन्वय र सहकार्य गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले चोक चोकमा दाउरा बाल्ने व्यवस्था मिलाउन’ सो निर्णयमा भनिएको छ । 
यस्तै,  राजगमार्ग लगायतका अन्य सहायक मार्गहरुमा हुस्सु कुहिरोका कारण भिजिविलिटी कम भई हुन सक्ने सडक दुर्घटना लाई न्यूनीकरण गर्न सवारीसाधनहरुको टाइम कार्ड, फोक्स लाईट लगायतका अन्य सडक दुर्घटना न्यूकरणका उपायहरु अवलम्बन गर्न जिल्ला ट्राफिक कार्यालय धनगढी कैलालीलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 
यस्तै बैठकले विपदमा परेका पीडितहरुलाई राहत उपलब्ध गराउन सरोकारवाला निकायहरूबीच समन्यात्मक  किसिमले छिटो छरितो रुपमा पहल गर्ने निर्णय गरेको छ । 
‘राजमार्गलाई नै ओगटेर विभिन्न किसिमका निर्माण सामग्री राख्ने, पशु चौपाय बाध्ने, हाँस कुखुरा सडकमा छाड्दा सडक दुर्घटना बढ्न सक्ने र हिउँदमा हुस्सु कुहिरोको कारण दुर्घटनाको जोखिम उच्च भएकोले हरेक स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा सुरक्षा निकायसँग समन्वय गरी राजमार्गमा हुन सक्ने यस प्रकारका गतिविधि नियन्त्रणमा पहल गर्ने तथा राजमार्ग लगायतका मुख्य सडकहरुमा रहेका खाल्टा खुल्टी र अवरोध हुने खालका वस्तुलाई व्यवस्थापन गर्न सम्बन्धित स्थानीय तह र सडक डिभिजन कार्यालयले तत्काल पहल गर्ने’ निर्णयमा भनिएको छ । 
यस्तै प्रशासनले हिउँदको वेला आगो ताप्ने क्रममा हिटर, कोईला, दाउरा वाली वन्द कोठामा सुत्नाले आगलागीका घटनाबाट मृत्यु समेत हुने हुँदा यस सम्बन्धमा विपद् जोखिम घटाउन सचेतनामूलक सञ्चालन गर्न निर्देशन दिएको छ ।