जापानमा कोरोना संक्रमण उच्च : एकैदिन २ लाख भन्दा धेरै संक्रमित, २७१ को मृत्यु

जापानमा कोरोना संक्रमण उच्च : एकैदिन २ लाख भन्दा धेरै संक्रमित, २७१ को मृत्यु

काठमाडौं: जापानमा पछिल्लो समयमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेको छ । जापानको स्वास्थ्य मन्त्रालयको जानकारी अनुसार एकै दिनमा दुई लाख २ हजार ८५३ जनामा संक्रमण देखिएको हो । यो संख्या अगष्ट १९ पछिकै सबैभन्दा धेरै हो । गत अगष्ट १९ मा जापानमा दुई लाख ६१ हजार २५२ जनामा संक्रमण देखिएको थियो । 
 
जापानमा कारोना भाइरसको नयाँ उपप्रजाति द्रुत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा छिटो फैलिने अधिकारीहरुले जनाएका छन् । कोरोना संक्रमणबाट जापानमा पछिल्लो २४ घण्टामा मात्रै २७१ जनाको ज्यान गएको छ ।