मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु

धनगढीः मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो। पुनर्वास नगरपालिकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा श्रीमालको मृत्यु भएको प्रहरीले जनाएको छ। 

श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्। उनको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो।