अजयमेरु महोत्सवको उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा हुने

अजयमेरु महोत्सवको उद्घाटन मुख्यमन्त्री त्रिलोचन भट्टद्धारा हुने

डडेलधुरा : डडेलधुरामा अजयमेरु महोत्सवको आयोजना हुने भएको छ । ‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने मूल नाराका साथ बैशाख ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जनाएको छ ।

महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने तय भएको अजयमेरु गाउँपालिका अध्यक्ष एवं महोत्सव आयोजक मुल समितिका संयोजक उमेशप्रसाद भट्टले जनाकारी दिनुभयो । गाउँपालिकामा रहेको ऐतिहासिक पर्यटकिय क्षेत्र अजयमेरु कोटका साथै स्थानिय स्तरको सांस्कृति, कृषि क्षेत्र, धार्मीक क्षेत्रको प्रचार–प्रसार गर्नका लागि अजयमेरु महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा स्थानीय स्तरमा उत्पादन हुने कृषि जन्य बस्तु, खाध्य परिकार, स्थानीय कला संस्कृति झल्कने नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहने गाउँपालि प्रबक्ता शिवराज भट्टले जानकारी दिनुभयो । महोत्सवमा लोप हुनलागेका स्थानीय परिकार, दलन, सिलाटो जस्ता पर्दशनि गरिने आयोजकले जनाएको छ। महोत्सवमा करिव ३० लाख खर्च हुनेछ । पाँच दिनसम्म संचालन हुने महोत्सवमा करिव ३० हजार दर्शकले आवलोकन गर्ने आयोजकको अनुमान गरेको  छ ।