ओमानलाई नेपालले दियो २३० रनको लक्ष्य

ओमानलाई नेपालले दियो २३० रनको लक्ष्य

मलेसियामा जारी यू–१९ विश्वकप छनोटअन्तर्गत आफ्नो चौथो खेलमा नेपाल अहिले ओमानसँग भिडिरहेको छ । नेपालले ओमानलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ । 

ओमानले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले  ४३.२ ओभरमा सबै विकेट गुमाई २२९ रन बनाएको  हो । नेपालका लागि कप्तान रोहितकुमार पौडेले सर्वाधिक ७५ रन बनाए ।  भीम सार्कीले ३९ रन र प्रतिस जिसीले ४१ जोडे । अन्यले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।

नेपालले २०औं ओभरमा ८१ रन बनाउँदा ५ विकेट गुमाईसके थियो । छैटौं विकेटका लागि रोहितकुमार पौडेल र भीम सार्कीले ९२ रनको साझेदारी गर्दै स्कोर १७३ रन पु¥याए । ३५ औं ओरमा रोहित आउट भएपछि लगातार विकेट गुम्न थाल्यो । १७८ रन बनाउँदा नेपालको ९ विकेट गुमिसकेको थियो ।

१० औं नम्बरमा क्रिममा आएका प्रतिस जिसीले सूर्य तामाङसँग मिलेर ५१ रनको जोडेपछि सम्मानजक स्कोर बन्यो । आक्रमकरुपमा प्रस्तुत भएका जिसीले २३ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाएर आउट भए । सूर्य तामाङ ७ रन बनाइ नटआउट रहे ।