दार्चुलामा चरेशसहित ‘मास्टर बाजे’ पक्राउ

दार्चुलामा चरेशसहित ‘मास्टर बाजे’ पक्राउ

दार्चुला: दार्चुला प्रहरीले लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । 

महाकाली नगरपालिका–४ बाङ्गाबगरस्थित किनारा पसल संचालन गर्दै आएका मास्टर बाजे भनेर चिनिने अन्दाजी ७० वर्षीय बीरसिंह लोथ्याललाई पक्राउ गरिएको हो । 

मंगलवार बेलुकी विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक जगत गाहा मगरको नेतृत्वमा खटि गएको प्रहरी टोलीले लोथ्याललाई पसलबाटै तीन किलो ८ सय ग्राम चरेशसहित नियन्त्रणमा लिएको सूचना अधिकारी गोविन्द प्रसाद भण्डारीले जानकारी दिए । 

लोथ्याललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए । लोथ्याल बिगत देखि नै लागू औषध चरेश कारोबारी रहेको खुलेको छ ।