२४ घण्टामा थपिए आठ कोरोना संक्रमित

२४ घण्टामा थपिए आठ कोरोना संक्रमित

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ संक्रमित थपिएका छन् । एक हजार ४३२ वटा स्वाब नमुनाको परीक्षण गर्दा आठजनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर दुईजना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।