विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार

विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार

धनगढी : कैलारी गाउँपालिकामा एक राउण्ड गोली चलेको छ । कैलारी गाउँपालिका वडा नम्बर ६, खरूवाखेडास्थित बेलुकी चार बजेतिर स्थानीय राजाराम चौधरीलाई लक्षित गरेर गोली चलेको बताइएको छ ।

राजाराम नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीको समर्थक रहेको जनाइएको छ । राजाराम खेतमा गहुँ काटीरहेको अवस्थामा गोली चलेको तर, गोली उनलाई छुन नसकेको बताइएको छ ।

कैलाली प्रहरीले गोली चलेको पुष्टी गरेपनि कस्ले चलाएको हो र किन चलाएको हो भन्ने पत्ता लाग्न नसकेको जनाएको छ । ‘हाम्रो टोली त्यसतर्फ गएको छ ।

केही बेरमा विस्तृत विवरण आउँछ’ प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरिक्ष दक्षकुमार बस्नेतले भने ।