विशेष

माओवादी केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

खवर संवाददाता    

माओवादी केन्द्रीय सदस्य कांग्रेसमा प्रवेश

बैतडी : तत्कालीन नेकपा माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले नेपाली कांग्रेस प्रवेश गरेका छन्।
बैतडीको पुर्चौडी नगरपालिका ५ कुवाकोटका मनोज बिकले नेकपा पार्टी परित्याग गरी सोमबार कांग्रेस प्रवेश गरेका हुन्।

दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य समेत रहेका बिकले कञ्चनपुरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट टीका ग्रहण गरी कांग्रेसमा प्रवेश गरेका हुन्। नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको उद्घाटन समारोहमा बिकले सभापति देउवाको हातबाट टीका ग्रहण गरेका हुन्।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै बिकले नेकपाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै कांग्रेस प्रवेश गरेको बताएका छन्। सत्तामा पुगिसकेपछि कम्युनिष्टले जनताको इच्छा आकांक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको समेत बिकको आरोप रहेको छ।
 



सोमबार ०२, बैशाख २०७६ ०५:०१ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस