विश्वकपका लागि भारतको टोली घोषणा, विजय र दिनेश समावेश

विश्वकपका लागि भारतको टोली घोषणा, विजय र दिनेश समावेश

इङ्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुन लागेको आइसीसी एक दिवसीय विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । दिनेश कात्तिक र विजय शंकरलाई समावेश गर्दै भारतले १५ सदस्यीय टोली घोषणा गरेको हो । 

सोमबार भारतीय क्रिकेट बोर्डले सार्वजनिक गरेको टोलीमा २१ वर्षीय युवा खेलाडी रिसब पन्तको स्थानमा दिनेश र अम्बाती रायडुको स्थानमा विजयले स्थान बनाएका छन् ।
 
यस्तो छ भारतीय टोली

विराट कोहली(कप्तान)

रोहित शर्मा(उप–कप्तान)

शिखर धवन

केएल राहुल

विजय शंकर

एमएस धोनी(विकेटकीपर)

केदार जाधव

दिनेश कार्तिक

युजवेन्द्र चहल

कुलदीप यादव

भुवनेश्वर कुमार

जसप्रित बुमराह

हार्दिक पाण्ड्या

रवीन्द्र जडेजा

मोहम्मद शामी