लक्ष्मी आचार्यको ‘लाई हेल कालो टिको’ सार्वजनिक (भिडियो सहित)

लक्ष्मी आचार्यको ‘लाई हेल कालो टिको’ सार्वजनिक (भिडियो सहित)

धनगढी । सुदूरपश्चिमको कला र संस्कृति समेटिएको ‘लाई हेल कालो टिको’  गीत सार्वजनिक सार्बजनिक भएको छ ।  गायिका लक्ष्मी आचार्यको सुदूरपश्चिमको कला र संस्कृति समेटिएको यस गीतमा आचार्यको स्वरमा गायक प्रकाश सपूतले साथ दिएका छन । गीतको भिडियोमा गायिका आचार्य र गायक सपूतको अभिनय रहेको छ,भने शब्द तथा सङ्गीत नरेन्द्रराज रेग्मीको हो । 

नयाँ पुस्ता आफ्नो मौलिकता जोगाइराख्न जागरुक बनून् भन्ने हेतुले यस्तो गीत ल्याएको गायिका आचार्य बताईन । सुदूरपश्चिमको लोकभाकालाई नयाँपन दिँदै गीत तयार भएको उहाँले जानकारी दिनुभयो। 
आचार्यले गीतको भिडियो आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको  छ।