भासु भिरमा भेटिएको बेवारिसे शवको सनाखत

भासु भिरमा भेटिएको बेवारिसे  शवको सनाखत

धनगढी : बिहीबार कैलालीको भासु भिरमा भेटिएको बेवारिसे पुरुषको शवको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बहादुर बस्नेतका अनुसार सो शव बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ७ धामी गाउँका २३ वर्षीय मुकेश धामीको भएको जानकारी दिए ।

आज शवको मृतकका बुवा मोहनसिंह धामीले सनाखत गरेको उनले बताए । गत बिहीबार स्थानीयले मानवको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।