बारामा गोली चल्यो, भारतीय नागरिकको हत्या

बारामा गोली चल्यो, भारतीय नागरिकको हत्या

बारामा एक भारतीय नागरिकको हत्या भएको छ । शुक्रबार साँझ महागढीमाई नगरपालिका–२ सिथत भुतही पुलमा गोली प्रहारबाट भारतीय नागरिक शिवपुजन यादवको हत्या भएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो। 

उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल परिवानीपुर पठाइएमा त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो। 

भारतीय नम्बरको मोटरसाइकलमा सवार तीन जनाले हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । अपराधीहरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।