तौल घटाउन सहयोग गर्छ बेसनले

तौल घटाउन सहयोग गर्छ बेसनले

हामीले खाने पकौडामा बेसनको प्रयोग भएको त हुन्छ नै । त्यसले पकौडाको स्वादलाई अझ मीठो बनाउन पनि सहयोग गर्छ । तर, बेसनले स्वाद बढाउने मात्र होइन, हाम्रो शरीरलाई आवश्यक पौष्टिक तत्व प्रदान गर्न पनि सहयोग गर्छ । बेसनका चार फाइदाः

यदि तपाईं आफ्नो तौल घटाउने अभियानमा हुनुहुन्छ भने आफ्नो खानामा बेसनयुक्त खानेकुराहरु समेट्नुहोस् । बेसनमा भिटामिन प्रचुर मात्रामा पाइन्छ । यसले शरीरको मेटाबोलिजम राम्रो गर्न सहयोग गर्छ र तौल घटाउन सहज हुन्छ । 

बेसन प्रोटिनको खजाना हो । यसमा गहुँको आँटाभन्दा पनि बढी प्रोटिन पाइन्छ । सय ग्राम बेसनमा नै २० ग्राम प्रोटिन हुन्छ । यसले कोलेस्ट्रोलको स्थर कम गर्न र मुटुलाई स्वास्थ्य बनाउन पनि सहयोग गर्छ । 

बेसन मधुमेह भएका बिरामीहरुका लागि पनि निकै फाइदाजनक मानिन्छ । त्यस्तै बेसन फाइबर तथा म्याग्नेसियमको पनि राम्रो स्रोत हो ।

बेसनमा फोस्फोरसजस्तो महत्वपूर्ण खनिज पनि प्रचुर मात्रामा पाइन्छ । यसले हाम्रा हड्डीहरुलाई स्वास्थ्य राख्न सहयोग गर्छ । बेसनमा हुने फोलिक एसिडले हाम्रो रगत कम वा पातलो हुने समस्यालाई समाधान गर्छ ।