स्मार्ट टेलिकमद्वारा ‘साथी सिम’ सार्वजनिक

स्मार्ट टेलिकमद्वारा ‘साथी सिम’ सार्वजनिक

स्मार्ट टेलिकमले हालै आफ्ना नयाँ ग्राहकको लागि स्मार्ट साथी सिम सार्वजनिक गरेको छ । जसअन्तर्गत मात्र ९९ रुपैयाँमा २ वटा स्मार्ट साथी सिम प्राप्त गर्न सकिने छ ।

यी २ सिमबीच मात्र २५ पैसा प्रतिमिनेटमा (करबाहेक) एकआपसमा कुरा गर्न सक्नेछन् । यी दुवै स्मार्ट सिममा २५ रुपैयाँको मेन ब्यालेन्स, २५ रुपैयाँ बोनस ब्यालेन्स र ३ सय एमबी डाटा पनि समावेश गरिएकोे छ । बोनस ब्यालेन्स र डाटा ३० दिनको लागि मात्र मान्य हुनेछ ।

स्मार्ट टेलिकमका ग्राहकले अब मज्जाले आफ्नो साथीसँग मात्र २५ पैसा प्रतिमिनेटमा कुराकानी गर्न सक्नेछन् । ३ सय एमबी डाटा, २५ मैनब्यालेन्स र २५ रुपैयाँ बोनस ब्यालेन्सको पनि मज्जा लिन सक्नेछन् ।

प्रविधिको कुरा गर्दा उच्चस्तरीय नेटवर्कको सुविधा प्रदान गर्न स्मार्टले अत्याधुनिक फोरजी प्रविधिको प्रयोग गर्दै आएको छ । नेपालका दूरसञ्चार अपरेटरमध्ये स्मार्टको उच्चतम् पिक डाटा रेट र औसत डाटा रेट रहेको छ ।

स्मार्टका फोरजी प्रयोगकर्ताले प्रतिसेकेन्ड ७० एमबीको पिक डाटा तथा ४० एमबीको औसत डाटा रेट प्राप्त गरिरहेका छन्, जुन अन्य नेटवर्कभन्दा उच्च हो । नेपाल दूरसञ्चार प्राधिकरणको सर्वेक्षण अनुसार स्मार्टको डाउनलोड १०० प्रतिशत सफलता दरमा न्यूनतम २७.६९ एमबीपीएस तथा अधिकतम् ५७.८५ एमबीपीएस गति प्राप्त भएको छ । यो प्रचलित ३६.२१ एमबीपीएसको उच्च गतिभन्दा स्मार्टको गति अधिक हुन पुगेको छ ।

स्मार्ट टेलिकम प्रालिले आफ्नो नेटवर्कलाई क्रमशः नेपाल अधिराज्यभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आफ्नो फोरजी सेवा काठमाडांै, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।