जज बस्न ८० करोड लिइन् करिनाले

जज बस्न ८० करोड लिइन् करिनाले

बलिउड अभिनेत्री करिना कपुर खानले एउटा कार्यक्रममा ‘जज’ बस्न ८० करोड पारिश्रमिक लिएकी छन् । भारतीय टिभीमा आउने रियालिटी सो ‘डान्स इन्डिया डान्स’को निर्णायकमा बस्न उनले ८० करोड भारतीय रुपैयाँ लिएकी हुन् ।

उनी यही कार्यक्रमबाट टेलिभिजनमा पनि अब डेब्यु गर्दै छिन् । यो कार्यक्रम तीन महिना चल्नेछ । तीन महिनासम्म हरेक शृंखलामा करिना निर्णायकका रूपमा रहनेछिन् ।