विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

विद्यालयका छात्राहरुलाई आत्मरक्षा तालिम

दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–४ स्थितको छन्ना तिंकरी कन्या माविमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा तालिम दिइन थालिएको छ ।

सामाजिक विकास कार्यालय दार्चुलाको आयोजनामा कन्या माविका एक सय जना छात्राहरुलाई आत्मरक्षा तालिम दिइन थालिएको हो । आत्मरक्षा तालिमको मंगलवार एक कार्यक्रमका बीच सामाजिक विकास कार्यालयका प्रमुख रामचन्द्र ओझाले उद्घाटन गर्नुभएको छ । आत्मरक्षा तालिम ३ दिनसम्म दिइने तालिमका संयोजक प्रकाश सिंह ऐरीले जानकारी दिए । 

छात्राहरुलाई भयमुक्त बनाउँदै आफ्नो सुरक्षा आफैं गर्न सक्ने शारीरिक क्षमता अभिवृद्धि गराउन आत्मरक्षा तालिम आयोजना गरिएको कार्यालय प्रमुख ओझाले बताए । छात्राहरुमाथि अकस्मात आक्रमण तथा दुव्र्यवहार भएमा त्यसको प्रतिकार गर्नका लागि आत्मरक्षा तालिमले सघाउ पु¥याउने ओझाको भनाइ छ ।

तीन दिन सम्म चल्ने तालिममा हिंसा हुँदा कसरी प्रतिकार गर्ने भन्नेबारे सीप सिकाइनुका साथै त्यसबारे जानकारी गराइने छ । तालिमको प्रशिक्षण राजेन्द्र प्रसाद अवस्थीले गरिरहनु भएको छ ।