रगत लतपतिएको टि–सर्ट भेटियो, युवक बेपत्ता

रगत लतपतिएको टि–सर्ट भेटियो, युवक बेपत्ता

कञ्चनपुर : कञ्चनपुरमा केही दिन अघि बेपत्ता भएका एक युवकको टि–सर्ट रगत लतपतिएको अवस्थामा भेटिएपछि उनको हत्या भएको भन्दै स्थानीय बासिन्दा प्रदर्शनमा उत्रेका छन् ।

कृष्णपुर नगरपालिका वडा नम्बर ७ कलुवापुरका १९ वर्षीय सुविल वडायक चार दिनदेखि बेपत्ता छन् ।

उनले लगाउने गरेको शर्ट गाउँ नजिकैको खेतमा रगतले लतपितएको अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाले प्रदर्शन सुरु गरेका हुन् । 

साभार : देश सञ्चार