त्रिलोचन भट्ट सरकारलाई मुस्किलले १० मा ४–५ सम्म दिन सकिन्छ : तारा लामा तामाङ (अन्तर्वार्ता)

त्रिलोचन भट्ट सरकारलाई मुस्किलले १० मा ४–५ सम्म दिन सकिन्छ : तारा लामा तामाङ  (अन्तर्वार्ता)

अघिल्लोपटक प्रदेशसभा सदस्य रहेका तारा लामा तामाङले यसपल्ट प्रतिनिधिसभाको चुनाव जितेका छन् । कञ्चनपुर क्षेत्रनम्बर १ मा सत्ता गठबन्धनकी माओवादी उम्मेदवार बिना मगरलाई पराजित गर्दै तामाङ प्रदेशबाट संघमा उक्लिएका हुन् । प्रदेश सरकारको आर्थिक मामिला तथा कानुनमन्त्री समेत रहिसकेका तामाङसँग रेडियो धनगढीका योगेन्द्र भण्डारीले वर्तमान प्रदेश सरकारको ५ वर्षे कार्यकालको समिक्षा र आगामी योजनाहरुबारे कुराकानी गरेका छन् । 

तपाईं आफैपनि पाँच बर्ष प्रदेश सभा र सरकारमा रहनुभयो । यस ५ वर्षको समिक्षा कसरी गर्नुहुन्छ?

म प्रदेशसभा सदस्य र प्रदेश सरकार दुबैमा रहे । मैले प्रदेश सरकार भन्दा कानुन बनाउने सवालमा आफूले सकेसम्म धेरै प्रयास गरेको छु । तर यहाँ कोही कोही मानिसहरुले कानुनलाई समेत आफु अनुकुल अथावा केही स्वार्थ पुर्तिका लागि बनाउँने रहेछन् । सुदूरपश्चिमको विकासको लागी आफूले आवाज उठाएको छु । चाहे बाजुराको धार्मिक प्रर्यटकीय क्षेत्र बडीमालिका होस् या खप्तडको विकास । पश्चिम सेती लगायत विभिन्न ठाउँमा विकास गरेका छौं । सिमाको सम्बन्धमा भारतले विवादित बनाएको दार्चुलाको व्यास क्षेत्रमा जनताको सहजताका लागी आवज उठाएको छु । कैलाली कञ्चनपुर क्षेत्रको सिमा विवादको सन्दर्भमा आवाज उठाएको छु ।  मेरो आफ्नो निर्वाच क्षेत्र विकासको लागी पहल गरेको छु । म आफु आर्थिक मामिला तथा कानुन मन्त्री हुँदा दुईतीन बर्षदेखि बहुवर्षिय योजना सुदृढ गरेर अगाडि बढ्न नसकि राखेको सन्दर्भमा  मैले करिव साढे आठ अर्बको योजना स्वीकृत गरे । प्रत्येक निर्वाचन क्षेत्रमा योजना पार्ने गरी काम गरेका छौं र अहिले त्यही तीनै योजनाको ठेक्का पट्टाहरु हुँदैछ । सुदूरपश्चिमको कैलाली कञ्चनपुरको लागी पनि विकासको काम अगाडि बढेको छ । कञ्चनपुर तथा मेरो निर्वाचन क्षेत्रमा १०÷११ वटा पुल , ८÷९ वटा सडकहरु बहुवर्षीय योजनामा पारेर काम सुरु भईराखेको छ । केही योजनाहरु विविध कारण बहस ठेकापट्टा गर्न बाँकी छ । 

प्रदेश सरकारले यो ५ बर्षमा के गर्न सक्यो? के गर्न सकेन? 
प्रदेश सरकारले सुरुमै यो यो काम गर्नेछु भन्ने हो । तर एउटा स्पष्ट खाका निर्माण गरेर केही पनि गरिएन । जुन बेला जे आयो त्यही काम गरेको देखिन्छ । आएको पैसा खर्च गर्न बाहेक अरु काम गरेको जस्तो लाग्दैन । यो पाँच वर्षको अवधिमा  सवा खर्ब भन्दा बढी रकम चलाएको छ । यदि संघियता नभईदिएको भए तो नेताहरुको भनसुनमा जान्थे । कति आउँथ्यो कति जान्थ्यो थाहा छैन । जति गर्नु पर्दथ्यो त्यो काम भएन । सुरुको सरकार भएको कारणले हामी धेरै काम गर्न सकेनौं । अब त्रिलोचन भट्ट जीको सरकारलाई नम्बर दिने हो भने मैले कसरी नम्बर दिने मैले ठ्याकै यति दिन्छु भन्न सक्दैन । १० मा ४ देखि ५ सम्म मुस्किलले दिनुपर्छ जस्तो मलाई लाग्छ । 

त्यसो भए पाँचवर्ष चलाएको त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले काम गर्न सकेन?
अपेक्षा धेरै थियो । त्यो अनुरुप कुनै पनि सरकारले गर्न सक्थ्यो, सक्दैनथ्यो थियो । सबै जनतालाई आश देखाउने गरी जनतालाई काम देखाउन सक्नुपर्ने थियो । दोस्रो जस्तो मलाई के लागेको थियो भने उहाँ(मुख्यमन्त्री) आधारभूत निम्नवर्गबाट आएको मानिसहरु भएकाले आफूले भोगेको पिडा अनुसार गर्छु भनेर लाग्नुभएको जस्तो लाग्छ । सुदूरपश्चिमबाट भारत जानेको संख्या कमसेकम आधा घटाउँछु भनेर लाग्नु भएको थियो । प्रदेशको मुख्यमन्त्रीले त्यो बालिसके पछि बाध्यताले जान लागेकालाई रोक्ने गरी केही न केही कार्यक्रम, योजना ल्याएर अगाडि बढ्नु पर्ने थियो । बोल्ने बेला बोले तर काम गर्न तिर कदम चालेन् ।

अब कसरी अघि बढ्नुहुन्छ?
सकेसम्म ईमान्दारपुर्वक यो देशको लागी काम गर्ने छु । मेरा ठाउँका १ भोटर मध्ये पनि म एक आफु भोटर हुँ । म आफुलाई पनि एक लाख मध्येको पनि एक हुँ भनेर सम्झिन्छु । सुदुरपश्चिमको २० लाख जनतामध्ये आफूलाई एउटा सम्झन्छु । जनताले दिएको यो नासो समालि सकेपछि जनताको काम ईमान्दरपूर्वक गर्छु । यति गर्दै जाँदा जनताले कति विश्वास गर्लान कतिले नगर्लान । म चुनाव लड्दा मसँग हिड्ने कार्यकर्ताले म बाट एक थोपा पानीको पनि आश नगरी आफ्नै घरबाट खाना खाएर चुनावमा लाग्नु भएको थियो । जुन ठाउँमा म आफै पुग्नै सकेको थिएन त्यहाँ पनि उहाँहरुले आफै प्रचार गरी मलाई जिताएर पठाएका छन् । म उहाँहरुको ऋणि छु । त्यससकारण मैले उहाँहरुको भावनामा खेल्नु हुँदैन । भन्ने चाही मलाई हेक्का छ ।