ओलीले भने : सरकार ढाल्छु भन्दै वृद्धवृद्धाका अगाडि नजानुहोस्, लौरो खानुहोला

ओलीले भने : सरकार ढाल्छु भन्दै वृद्धवृद्धाका अगाडि नजानुहोस्, लौरो खानुहोला

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्दिन्छु भनेर कोही बुढाबुढीका नजिक गए लौरो खाइने भन्दै सरकारविरोधीलाई कटाक्ष गरेका छन् ।

आइतवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले राम्रो गरिरहेको भन्दै सरकार विरोधीहरू बुढाबुढी नजिक गए लौरो खाने र केटाकेटी नजिक गए ढुङ्गो खाने अभिव्यक्ति दिएका हुन् ।

यो सरकार ढाल्दिन्छौँ भनेर बुढाबुढीको नजिक गएर नभन्नुहोला, लौरो खानुहोला, प्रधानमन्त्री ओलीले भने, केटाकेटीको अगाडि गएर सरकार ढाल्दिन्छु नभन्नु होला, उनीहरूले ढुंगा टिपेर हान्लान् ।

प्रधानमन्त्री ओलीले आफ्नै शासनकालमा नेपालमा सबैको ज्यानको सुरक्षा, अधिकारको सुरक्षा, अवसरको सुरक्षा र स्वतन्त्रताको सुरक्षा कायम गर्ने बताए ।