भीम रावलबाट सहयोग भयो, माओवादीबाट भने त्यति सहयोग भएन : मुख्यमन्त्री भट्ट (अन्तर्वार्ता)

भीम रावलबाट सहयोग भयो, माओवादीबाट भने त्यति सहयोग भएन  : मुख्यमन्त्री भट्ट (अन्तर्वार्ता)

देशका सात प्रदेशमध्ये विगत ५ वर्षमा सुदूरपश्चिममात्रै एउटा त्यस्तो प्रदेश रह्यो, जहाँ मुख्यमन्त्री फेरिएनन् । माओवादी केन्द्रका त्रिलोचन भट्टले ५ वर्ष नै सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरे । गत मंसिर ४ गते भएको आम निर्वाचनको परिणाम आइसकेपछि भट्टको पनि बहिर्गमन निश्चित छ । यसै सन्दर्भमा रेडियो धनगढीका लागि योगेन्द्र भण्डारीले भट्टसँग उनको कार्यकालको समिक्षा, आलोचना र चुनौती तथा भावी रणनीतिको बारेमा कुराकानी गरेका छन् । यो कुराकानी धनगढी खबरकर्मी सुनिता विकले उतारेकी हुन् ।

पाँच वर्षमा तपाईको नेतृत्वको प्रदेश सरकारले गरेका मूख्य ५ उपलब्धि बताईदिनुस त?
नेपालमा संघियता आइसकेपछिको यो पहिलो प्रदेश सरकार थियो । कानुनी अप्ठेराहरु, जनशक्तिको अभाव, भौतीक संरचनाको अभाव, कानुनी अभावहरु र अनुभवको अभावहरुलाई मध्यनजर गर्दै हामीले आफ्नै कामहरु अगाडि बढायौं ।

हामीले कृषिलाई प्राथमिकता राख्यौं । आज कृषि तथा मुख्यमन्त्री एकिकृत कार्यक्रम प्रदेश भरीमा सञ्चालनमा छ । २–३ बर्षदेखि ८८ वटै स्थानीय तहमा कार्यक्रम लागु छ । त्यसपछि हामीले भौतिक निर्माणतर्फ ध्यान दियौं । खास गरेर सडक निर्माणमा बढी महत्व दियौं । सुदूरपश्चिमको हकमा धेरै पहाडी जिल्लाहरुमा ग्रामिण सडकहरुलाई कालोपत्रे गर्ने काम र ५ देखि ७ सय किलोमिटर पक्की सडकहरु निर्माण गरेका छौं । 

योसँगै विगतमा स्वास्थ्यको क्षेत्रमा सबै भन्दा कमजोर रहेको हाम्रो प्रदेशमा हो । आज हामीले प्रादेशिक अस्पतालहरुमा भातिक संरचना र सँगसँगै जनशक्तिको व्यवस्थापन सबै जिल्ला अस्पतालहरुमा जनशक्तिको व्यवस्थापन,  भौतिक संरचनाको व्यवस्थापन गरेका छौं । साथै आधुनिक मेसिनहरु पनि व्यवस्थापन  गरेका छौ । योसँगै शिक्षा र पर्यटनतर्फ पनि काम गरेका छौ । यी कामहरुबाट परिणाम पनि देखिदैँछन् । 

अन्तर्वार्ताको अडियो सुन्न यहाँ क्लिक गर्नुहोला ।

मुख्यमन्त्रीको सपथग्रहण पश्चात तपाईले पहिलो भाषणमै ‘अब सुदूरपश्चिमेलीहरु विदेश जानुपर्दैन’ भन्नुभएको थियो । अवस्था त ज्यूँका त्यूँ छ नी?
भरत जाने र विदेश जाने कुरालाई कसैले पनि पूरै रोक्न सक्दैन । तर यसलाई कम गर्ने कुरा हो । रोजगारीका लागि कम भन्दा कम मानिसले बाहिर जानु परोस भनेर मैलै सुरुवात देखि अहिलेसम्म मिहिनत पनि गरेको छु । ठूला लगानीहरु र ठूला कलकारखानाहरु हामीसँग नभएका कारणले हामीले स्थायी रुपमा रोजगारी दिन नसकेपनि कृषिमा हामीले युवाहरुलाई जोडेका छौं  । स्वरोजगारसँग युवाहरुलाई जोड्ने प्रयास गरेका छौ । यस्तै विकास निर्माणसगै रोजगारी सृजना गर्ने कुरा छ र प्रदेश लोकसेवा गठन भइसकेपछि प्रदेशमा रहेको करिब ७–८ सय जनशक्तिको अभावलाई पुर्ती गर्ने काम पनि भएको छ । भारतमा जाने र अरु देशमा जाने कुरा पूर्ण रुपमा रोक्न सक्ने कुरा हुँदैन । यो रोक्न पनि सकिदैन । तर निरन्तर यही कामको व्यवस्था गरी यही खान बस्न सक्ने वातावरण बनाउन लागिरहेका छौ । 

भनेपछि पहिलो वाचा नै पुरा नभएको भनेर स्वीकार गर्नुहुन्छ ?
होइन, अब यसलाई पूरा नभएको भनेर म भन्दैन । किनभने ५ वर्षमा हामीले जे जे काम गर्यौ त्यो खास गरेर बिकास निर्माणसँग रोजगारी, कृषिसँग रोजगारी, पर्यटनसँग रोजगारी र अन्य ठाउँमा रोजगारी जोड्ने कुरा त भयो नै तर सय प्रतिशत भारत जाने कुरालाई रोक्न सम्भव भएन भन्ने कुरा हो । तर पनि अधिकतम रुपमा वेरोजगारी रोक्ने प्रयास गरेका छौं । 

बेरोजगारीको अन्त्य नै गर्नका लागि राष्ट्रिय गौरवका आयोजना सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्नुपर्ने हुन्छ । पश्चिम सेतीको आयोजनालाई सञ्चालन गर्न सकेको अवस्थामा हजारौ मानिसलाई रोजगारी सृजना गर्न सकिन्छ । ठूला लगानीकर्तालाई भित्र्याउन सकिए भने त्यसमा रोजगारी सृजना हुन्छ । तर यो कुरा प्रदेश सरकारले मात्रै गर्न सक्दैन यसका संघिय सरकारले भूमिका खेल्नुपर्छ । प्रदेश सरकारले ८८ वटै पलिकामा परेको कृषि सम्बन्धी कार्यक्रमले पनि हजारौ युवाहरु स्वरोजगार भएका छन् । ५ वर्ष भित्रै सबै सम्भव हुन्छ भन्ने कुरा सम्भव छैन् । यो विस्तारै हुने कुरा हो ।

No description available.

कृषि क्षेत्रमा अनुदान दिने कुरा गर्नुभयो । त्यसमा पनि आफूनिकटले मात्रै अनुदान दिने गरेको खबर बाहिरियो नी?
आरोप काम गर्नेलाई आउने हो कामै गरेन भने आरोप पनि आउदैन । आरोप लगाउने कोही पूर्वाग्राही, कोही राजनीतिक तवरबाट फरक मत र विचारका कारण लगाउन सक्छन् । कही एक दुइ स्थानमा यस्ता समस्याहरु पनि भएको हुन सक्छन् यदि त्यस्तो भएको पाइएमा त्यस्तालाई कारवाहीको दायरामा ल्याउछौ । सरकार सबैको साझा हुन्छ त्यसकारण सरकारले ल्याएको विधि, प्रक्रिया, नियमहरु भित्र नै रहेर पाउनुपर्ने हुन्छ । विधी प्रक्रिया नै नपुगेर कसैले पाउदैनन् । 
म गर्वको साथ भन्न सक्छु कि यो ५ वर्षको दौरानमा कि मुख्यमन्त्रीले गरेको निर्णयमा विवाद भएको होस् या त कुनै निर्णयले नागरिकलाई समस्या भएको होस् त्यस्तो अहिलेसम्म आएको छैन् । बरु म माथि के कुरा उठ्न सक्छ भने मैले राज्यको स्रोतलाई दुरुपयोग गरेर फाइदा नपु¥याएको कारणले कतिपय मान्छे म प्रति रिसाएका छन् । 

विवाद भएन भन्नुभयो तर अन्तिम बजेटमा त्यत्रो विवाद भएर कयौं दिन सदन चल्न सकेन । एउटै मन्त्रालयले बजेटको एक तिहाइ भन्दा बढी हाल्दा तै चुप मै चुपको स्थिति किन श्रृजना भयो?
हामीले सबै भन्दा बुझ्नुपर्ने कुरा के हो भने भौतीक पूर्वाधार मन्त्रालयमा भनेको यस्तो मन्त्रालय हो जसमा खानेपानी मन्त्रालय, सिचाई, सहरी विकास, सडक र उर्जा मन्त्रालय पनि त्यसैमा छ । केन्द्रमा यी ५ मन्त्रालय अलग अलग भएपनि प्रदेशमा भने एउटै मन्त्रालयले हेर्नु पर्ने हुँदा सबै भन्दा बजेट त्यसमा जान्छ  । भातिक पूर्वाधार मन्त्रालय भनेको सबै भन्दा बढी जनतासँग जोडिएको मन्त्रालय हुँदा खेरी त्यसमा बढी बजेट जानु स्वभाविक हो । 

यसपटक सुदुरपश्चिममा माओवादीले प्रतिनिधितर्फ लडेका ४ सिट मै पराजय भोग्नु पर्‍यो । तपाईले दाबी गरेको जस्तो प्रदेश सरकार लोकप्रिय भएको भए माओवादी क्लिनस्विप हुने अवस्था किन आउथ्यो र?
त्यो अलोकप्रिय भएर होइन् जुन अहिले समग्रमा चुनावी परिणम आएको छ, जो हामीले ५ दलीय गठबन्धन ग¥यौ र यो ५ दलीय गठबन्धनबीच इमान्दारिता नदेखिदा खेरी केही परिणाम सहि आएको छैन् । सिट बाडबाड  र टिकट वितरणमा पनि केही हामीबीच समस्या आएको छ । 

अघिल्लो दिनसम्म तपाइले पाउने भनिएको टिकट रातारात तपाईबाट खोसिनुले तपाईसँग केन्द्रीय नेतृत्व पनि असन्तुष्ट रहेको देखिएन र?
यदि मबाट सन्तुष्ट हुदैनन थिए भने अन्य प्रदेशमा मुख्यमन्त्री परिवर्तन भइरहेको बेला म किन ५ बर्ष सम्म टिके । म ५ बर्ष सम्म रहि रहनु भनेको मलाई केन्द्रीय नेतृत्वले पनि बिश्वास गर्नु हो । हामी  गर्वका साथ भन्न सक्छौ हामी अरु प्रदेशको भन्दा कम काम गरेका छैनौ । काम गरेर नै अघि बढिरहेका छौ । पार्टीले जे निर्णय गर्छ त्यसै आधारमा म अघि जाने भन्ने कुरा प्रष्ट थियो । अब पार्टीले यस्तो निर्णय किन ग¥यो भन्ने कुरा मलाई थाहा भएन् तर मेरो मरिहत्ते कहि पनि थिएन् । विगतमा पनि म मुख्यमन्त्री बन्दा मेरो चर्चा थिएन । किनभने पदका लागि मरिहत्ते गर्ने  मान्छे होइन म । मलाई पार्टीले नै मुल्याङकन गरेर यो ठाउँमा पु¥याएको हो । टिकट कसैले खोसेर लग्ने भन्ने कुरा हुदैन् यो पार्टीको निर्णय हो । यसलाई सबैले मान्नु पर्ने हुन्छ ।

तपाई माओवादीबाट मुख्यमन्त्री भएर एमाले नेता भीम रावलतर्फ बढी ढल्किनुभएको देखिन्छ नी?
जहासम्म भीम रावलको कुरा छ, हामी नेकपा हुँदा खेरी तीन बर्षसँगै काम गर्यौ । उहाँ हाम्रो इन्चार्ज हुनुहन्थ्यो । त्यतिखेर सहयोग भएको थियो । हाम्रो पार्टी फुटेपछि माओवादी प्रदेशबाट त्यति सहयोग पाएन । बरु भीम रावल इन्चार्ज हुँदा खेरी पार्टी र सरकार एकदमै सजिलो तरिकाले अगाडि बढेको थियो । कसैले काम गरेको कुरालाई ठिक छ भन्ने कुरामा डराउनु हुदैन । आज अर्कै पार्टीमा भएपनि हिजो हामी एउटै पार्टीमा थियौ । त्यसैले उहाँसंग धेरै कुरा मिल्ने हुँदा छलफल हुन्छ ।

प्रदेश सरकारले अनावश्यक आर्थिक भार बढाएकाले खारेज हुनुपर्ने आवाज उठ्दे गएको छ । यसलाई कसरी लिनुहुन्छ ?
हामीले गर्ने देखाएको प्रवृत्तिले हाम्रो मत अन्त्यै गएको छ । यो के हो भने हामीले ठूला पार्टीले सच्चिएर अघि जानुपर्छ भन्ने कुरा जनताले चेतावनी स्वरुप स्वतन्त्रलगायतलाई मत दिएका हुन् । तर यो नै सत्य हो मान्नु भएन् । वर्षौ देखि संघर्ष गरेर आएका पार्टीहरुको विकल्प आज कुनै नयाँ एउटा चिज हुन सक्दैन । नयाँ त्यो एउटा चिज कहाँ सम्म पुग्छ हेर्दै जाउ । यसको अर्थ यो होइन की संघियता नै खारेज गर्नुपर्छ भनेर । 

अनि पाँच वर्षमा प्रदेश राजधानीको काम किन अघि बढाउँन नसक्नु भएको?
काम गर्ने ठाउँ नै हामीले प्राप्त गरेनौ, संघिय सरकारसँग जग्गा प्राप्तको माग गर्यौ तर संघीय सरकारले जग्गा दिन सकेन । संघीय सरकारले जग्गा उपलब्ध गराइदिएको भए प्रदेशलाई यहाँ राख है भन्ने अधिकार दिएको भए त्यहाँ काम सुरु हुन्थ्यो ।  अझै पनि हामी निरन्तर रुपमा त्यसमा लाग्छौ नै । संघीय सरकारले भुगोल उपलब्ध गराउने बित्तिकै काम अघि बढाउनेछौं । हामीले सबै भन्दा अघि राजधानी घोषणा गर्यौ तर त्यो पूरा भएन त्यसको कारण हामी होइनौ जोसँग जग्गा छ त्यसले उपलब्ध नगराएपछि यो काम रोकिएको हो ।

तपाईको अनुभवमा प्रदेश सरकारलाई सशक्त र जनतामुखी बनाउँन तत्काल गर्नुपर्ने काम के के हुन्?
प्रदेश प्रहरी छिटो भन्दा छिटो समायोजन हुनुपर्छ । प्रदेशको सम्पूर्ण सुरक्षाको जिम्मेवारी प्रदेशले दिनुपर्छ र त्यसपछि महसुस हुने गरी जनतालाई सुरक्षित हुन्छ । नाकाको कुरा हामी व्यवस्थापन गर्न सक्छौ तर अन्य कुरा संघीय सरकारले गर्ने कुरा हो ।

यसपल्ट प्रदेश सरकारको नेतृत्वमा माओवादीको दाबी रहन्छ की रहदैन ?
गठबन्धनले जे निर्णय गर्छ त्यसअनुसारले नै अगाडि बढ्न सकिन्छ । अहिले नै यो बन्छ त्यो बन्छ भनेर भन्न सकिदैँन ।

मुख्यमन्त्रीबाट निवर्तमा भएपछि तपाईको राजनीतिक यात्रा कसरी अघि बढ्छ?
निरन्तर राजनितीक यात्रामै अझै यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अघि बढ्छु । निरन्तर जनताको बीचमा काम गर्छु कुनै समस्या हुदैन । ५ वर्ष जुन राज्यमा बसेर महसुस गरे के कारणले यहाँका जनतालाई छिटो छरिता सेवा दिन सकेन? के कारणले समस्या भयो? त्यसका पछाडिका कारण के हुन्? भन्ने कुरालाई भन्ने कुरालाई जनताका माझमा राखेर एउटा अभियानका रुपमा अघि बढिन्छ । निरन्तर पार्टीलाई अघि लग्न र पार्टीको विकास गर्नका लागि अघि बढिन्छ ।