विराट काेहलीलाई कारबाही: १२ लाख रुपैयाँ जरिवाना

विराट काेहलीलाई कारबाही: १२ लाख रुपैयाँ जरिवाना

आईपीएलमा सबै टिमले सात खेल खेल्दा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेंग्लाेरले शनिबार पहिलो खेल जित्याे ।

लगातार ६ खेलमा पराजय भाेगेको बेंग्लाेरले शनिबार राति किंग्स इलाभेन पञ्जाबलाई ८ विकेटले पराजित गर्दै हारको श्रृंखला अन्त्य गरेको थियो । तर उक्त खेलमा जित हात पारे पनि कप्तान विराट कोहली भने कारबाहीमा परेका छन् ।

उनलाई ‘स्लो ओभर रेट’ का कारण कारबाही गरिएको हो । पहिलो पटक कारबाहीमा परेका उनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने अर्को पटक यस्तै गल्ती गरे एक खेलमा प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ ।

तर स्लो ओभर रेटका कारण कारबाहीमा पर्ने कोहली तेस्रो कप्तान भएका छन् । यसअघि मुम्बई इण्डियन्सका रोहित शर्मा र राजस्थान रोयल्सका अजिंक्या रहाणे पनि कारबाहीमा परेका थिए ।