‘वर्तमान सरकार आफ्नै कारणले ढल्छ’ देउवा

‘वर्तमान सरकार आफ्नै कारणले ढल्छ’ देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार आफ्नै कारण ढल्ने बताएका छन् । प्रेस युनियन कैलालीले धनगढीमा रहेको देउवा निवासमाआईतवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले ओली सरकार आफ्नै कारण ढल्ने भविश्यबाणी गरेका हुन् ।

जनतालाई झुट्टा आश्वासन दिएर बनेको दुई तिहाईको सरकार जनता भन्दा पनि कार्यकर्तामुखी भएकोले सरकार र जनताको सम्बन्ध टुट्दै गएको देउवाले बताए । प्रमुख प्रतिपक्षी दलका नेता देउवाले ओली सरकारले आलु र फलफुलमासमेत कर लगाएको भन्दै करले महंगी मात्र बढेको जिकिर गर्दै भने– ‘शान्ति सुरक्षाको स्थितिसमेत सन्तोषजनक छैन ।’

दुईतिहाईको बलमिचाइले अबैधानिक र अनियमिततामा अग्रसर बर्तमान सरकार आफ्नो प्रभाव जनाउनकालागि स्वतन्त्र प्रेस र प्राज्ञिक क्षेत्रमा हस्तक्षेप बढाउँदै गएको देउवाको आरोप छ । सुदूरपश्चिममाञ्चल विश्वविद्यालय लगायतका शिक्षण संस्थामा हस्तक्षेप गर्न खोजेको दावी उनको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन शनिवार धनगढी पुग्नुभएका काँग्रेस सभापति देउवाले सरकार गठनको एक वर्षसम्म पनि उपलव्धिमुलक कुनै काम नगरेको दावी गरे ।