ननुहाएको भन्दै सम्बन्धविच्छेद गर्न माग

ननुहाएको भन्दै सम्बन्धविच्छेद गर्न माग

मध्य प्रदेशको राजधानीमा एक अचम्मको घटना बाहिर आएको छ । भोपालमा ७-८ दिनदेखि पतिले ननुहाएको र दाह्री नकाटेको भन्दै पत्नीले सम्बन्धविच्छेद माग गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार २५ वर्षीय युवक र २३ वर्षीया युवतीको करीब एक वर्षअघि विवाह भएको थियो । भोपालको पारिवारिक न्यायालयका काउंसलर शैल अवस्थीले शुक्रवार यस घटनाबारे जानकारी दिँदै दम्पतीले आपसी सहमतिबीच 'डिभोर्स' का लागि निवेदन दिएको बताए ।

न्यायालयका न्यायाधीश आर एन चंदले 'डिभोर्स' गर्ने भए दम्पती ६ महिना अलग-अलग बस्न निर्देशन दिए । पतिले ननुहाएका कारण शरीरबाट गन्ध आएको महिलाले बताएकी थिइन् ।