युट्युबका यी ८ गोप्य फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

युट्युबका यी ८ गोप्य फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

काठमाडौं: भिडिओ स्ट्रिमिङ प्लेटफर्ममध्ये युट्युबका प्रयोगकर्ता धेरै छन् । आफ्नो प्लेटफर्ममा प्रयोगकर्ताको अनुभव स्तरीय बनाउन युट्युबले बेलाबेलामा नयाँ फिचर ल्याउँदै आएको छ ।

युट्युबका अधिकांश फिचरबारे हामी जानकार भएपनि त्यस्ता केही फिचर छन्, जुन धेरैलाई थाहा नहुन सक्छ । आज हामी युट्युबका यिनै फिचरबारे चर्चा गर्दैछौं, जसको सहायताले तपाईँ अझ स्मार्ट तरिकाले युट्युब प्रयोग गर्न सक्नुहुन्छ । 

१. युट्युबमा आफ्नो वाच टाइम यसरी हेर्नुहोस्

स्मार्टफोनबाट तपाईँ बढी नै युट्युब प्रयोग गर्नुहुन्छ भने तपाईँका लागि यो फिचर उपयोगी हुनसक्छ । कतिपय अवस्थामा युट्युबमा हामी उपयोगी भिडिओ हेरिरहेका हुन्छौँ भने कतिपय अवस्थामा अनावश्यक भिडिओ हेरेर समय खेर फालिरहेका हुन्छौँ ।

यस्तो अवस्थामा आफूले युट्युब भिडिओ हेरेर कति समय बिताएँ भन्ने जान्न आवश्यक हुन्छ । युट्युबमा वाच टाइम हेर्नका लागि तलको प्रक्रिया अपनाउनुहोस्स्

-सबैभन्दा पहिले युट्युब खोल्नुहोस् । 

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । 

- यति गरिसकेपछि टाइम वाच्डु को अप्सनमा जानुहोस् । 

- अनि आफूले कुन दिन युट्युबमा कति समय भिडिओ हेरियो भन्ने विवरण हेर्नुहोस् । 

२ युट्युब भिडिओ हेर्दा ब्रेक लिन रिमाइन्डर एड गर्नुहोस्

यदि तपाईँ युट्युबका भिडिओ हेर्दा बित्ने समयबारे सजग हुनुहुन्छ भने यो फिचर तपाईँका लागि उपयोगी हुन्छ । युट्युबको सेट रिमाइन्डर टु टेक ब्रेकु फिचर प्रयोग गरेर आफूलाई कति मिनेटसम्म भिडिओ हेर्नुपर्नेछ भन्ने कुरा सेट गर्न सकिन्छ ।

कतिपय अवस्थामा युट्युबका भिडिओ हेर्दा हेर्दै समय बितेको थाहा नपाउँदा हाम्रा महत्त्वपूर्ण काम छुटेको हुनसक्छ । युट्युब भिडिओ हेर्दा त्यसबाट ब्रेक लिनका लागि रिमाइन्डर सेट गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् । 

-त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

-यति गरेपछि टाइम वाच्डुको अप्सन छान्नुहोस् ।  

-अनि रिमाइन्ड मि टु टेक अ ब्रेक (Remind me to take a break) मा ट्याप गर्नुहोस् । 

-र, आफूले हेर्नुपर्ने टाइम सेट गरी ओकेु मा ट्याप गर्नुहोस् । 

३. जुम गर्ने सजिलो तरिका

युट्युबले पछिल्लो समय आठ गुणा बढीसम्म जुम गर्न सकिने फिचर ल्याएको छ । यसका माध्यमबाट भिडिओ आफूलाई उपयुक्त हुने तरिकाले जुम गर्न सकिन्छ ।

जुम गर्नका लागि युट्युबमा भिडिओ प्ले गर्नुहोस् । त्यसपछि दुईओटा ओटा औंलाले ठूलो बनाउँदै जुम गर्नुहोस् । यो फिचर डिफल्ट रूपमा उपलब्ध हुन्छ । 

४. अटोप्ले यसरी इनेबल वा डिसेबल गर्नुहोस् 

युट्युबमा गीतका भिडिओ हेर्ने बानी छ भने तपाईँलाई अटोप्ले फिचरका बारेमा बुझ्नु आवश्यक छ । विशेषगरी कुनै भिडिओ सकिनासाथै अर्को भिडिओ स्वतः प्ले हुने फिचर नै अटो प्ले फिचर हो ।

कतिपय अवस्थामा चलिरहेको भिडिओ सकिनासाथ अर्को नदेखिने अवस्था आउँछ । अटोप्ले इनेबल वा डिसेबल गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

-सबैभन्दा पहिले युट्युब एप खोल्नुहोस् ।

-त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

-यति गरेपछि टाइम वाच्डुको अप्सन छान्नुहोस् ।  

-अनि स्क्रोल गर्दै तल गएर अटो प्ले अन मोबाइल  ट्याब्लेट (Auti-play on mobile and Tablet)   मा ट्याप गर्नुहोस् । 

-यसरी अटो-प्लेु फिचर इनेबल वा डिसेबल गर्न सकिन्छ । 

५. युट्युबको एम्बियन्ट मोड 

युट्युबको एम्बियन्ट मोड त्यस्तो फिचर हो, जसले युट्युबका भिडिओको कलर आकर्षक बनाउँछ । उदाहरणका लागि तपाईँले कुनै भिडिओ प्ले गर्दा माथि स्टाटस बार र तल भिडिओको टाइटल सेक्सनको कलर मोड अनुसार कालो र सेतो हुन्छ ।

तर, एम्बियन्ट मोड अनु गर्दा युट्युबले भिडिओको कलर अनुसार स्टाटस बार र भिडिओ टाइटल बारमा ग्रेडियन्ट थपिदिन्छ, जसले गर्दा भिडिओ हेर्दा त्यति डिस्टर्ब्ड अनुभव हुँदैन । 

यो फिचर अनु गर्नका मोबाइलबाट युट्युब एपमा गई कुनै पनि भिडिओ प्ले गर्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेको सेटिङको अप्सनमा जानुहोस् । 

- अनि तल रहेको एम्बियन्ट मोड छान्नुहोस् । 

त्यसपछि भिडिओ हेर्दा माथि स्टाटस बार र भिडिओ टाइटल सेक्सनमा भिडिओ अनुसारको कलर देखिन्छ । 

६. युट्युबमा इनकग्निटो मोड 

इनकग्निटो मोड ब्राउजरमा उपलब्ध हुने मोड हो । ब्राउजरमा कुनै काम एक पटक मात्र गर्न वा सुरक्षित रूपमा अरूलाई उक्त काम गरेको थाहा नहोस् भन्न इनकग्निटो मोड प्रयोग गरिन्छ । कतिपय अवस्थामा हामीले युट्युबमा अरूको रोजाइको भिडिओ प्ले गर्नुपर्ने हुन्छ, जसले गर्दा हामीलाई सजेसनका रूपमा त्यही किसिमका भिडिओ देखिन्छन्, जसमा हाम्रो रुचि हुँदैन ।

त्यस्तै हाम्रो वाच हिस्ट्रीमा पनि हामीले हेर्न नचाहेका भिडिओ रहेका हुन्छन् । त्यसका लागि इनकग्निटो मोड धेरै उपयोगी हुन्छ । यसरी इनकग्निटो मोडमा भिडिओ प्ले गर्दा तपाईँको हिस्ट्री उक्त भिडिओ बस्दैन । वा भनौँ, ती भिडिओ हेरको अन्य कसैलाई थाहा हुँदैन । युट्युबमा इनकग्निटो मोड अन गर्न तलको प्रक्रिया अपनाउनुहोस् । 

- सबैभन्दा पहिले आफ्नो फोनमा युट्युब खोल्नुहोस् ।

- त्यसपछि माथि दायाँपट्टि रहेको प्रोपाइलको आइकनमा जानुहोस् । 

- र, इनकग्निटो मोडमा ट्याप गर्नुहोस् । त्यसपछि आफूले हिस्ट्रीमा नबस्ने वा सजेसनका रूपमा नदेखिने भिडिओ प्ले गर्न सकिन्छ । 

७. भिडिओ ट्रान्सक्रिप्ट हेर्ने

युट्युबमा अपलोड भएका भिडिओका लागि उक्त प्लेटफर्मले स्वतः ट्रान्सक्रिप्ट लेखिदिन्छ । अर्थात् कति मिनेटमा केबारे सिन (seen) देखाइएको छ भन्ने कुरा ट्रान्सक्रिप्टमा माध्यमबाट हेर्न सकिन्छ । यो सुविधा विश्वका केही प्रमुख भाषा बाहेक अन्य भाषाका लागि उपलब्ध छैन । त्यसैले अन्य विविध भाषामा भिडिओ बनाउने  क्रियटर आफैंले यस्तो ट्रान्सक्रिप्ट बनाउनुपर्छ ।

अहिले अधिकांश युट्युबरले प्रयोगकर्तालाई आफ्ना भिडिओमा आकर्षित गर्न म्यानुअल्ली ट्रान्स्क्रिप्ट राखिदिएका हुन्छन्, जसका माध्यमबाट कुन समयमा कुन विषयबारे कन्टेन्ट देखाइएको छ भन्ने कुरा हेर्न सकिन्छ ।

यदि कन्टेन्ट क्रियटरले युट्युब भिडिओमा ट्रान्सकिप्ट उपलब्ध गराएको छ भने तलपट्टि शो ट्रान्सक्रिप्ट (Show Transcript) को अप्सन हेर्न सकिन्छ । 

८. ल्यान्डस्केप मोडमा भिडिओ हेर्न तरिका 

युट्युबमा सबैभन्दा पहिले भिडिओ खोल्दा भर्टिकल अर्थात् ठाडो स्क्रिनमा भिडिओ देखिन्छ । यदि हामीलाई होरिजेन्टल अर्थात् तेर्सो मोडमा भिडिओ हेर्नुपर्ने भयो भने भिडिओको तलपट्टि रहको बक्समा ट्याप गर्नुपर्ने हुन्छ ।

तर, युट्युबको अर्को एउटा गोप्य फिचर छ, जसका माध्यमबाट सजिलै भिडिओलाई ल्यान्डस्केप मोडमा राख्न र ल्यान्डस्केप मोडमा राख्न सकिन्छ ।

भिडिओ भर्टिकल स्क्रिनमा चलिरहेको अवस्थामा सो भिडिओको  दायाँ वा बायाँपट्टि ट्याप गरेर भिडिओ माथि सार्दा ल्यान्डस्केप मोडमा देखिन्छ । त्यस्तै भिडिओ ल्यान्डस्पेक मोडमा प्ले भइरहँदा दायाँ वा बायाँपट्टिबाट स्क्रिन ट्याप गरी तल सार्दा भर्टिकल मोडमा भिडिओ प्ले हुन्छ ।