फेसबुक चलेन? नेपालमात्र हैन विश्वका अधिकांश भागमा भयो 'डाउन

फेसबुक चलेन? नेपालमात्र हैन विश्वका अधिकांश भागमा भयो 'डाउन

आइतबार दिउँसो सवा ४ बजेतिरदेखि नेपालसहित विश्वका अधिकांश भागमा फेसबुक चलेको छैन। डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ।

फेसबुक डाउन भएको केही समयमै प्रतिस्पर्धी सामाजिक सञ्जाल ट्विटरमा #Facebookdown #Instagramdown र #Whatsappdown ट्रेन्डिङमा आएको थियो। 

इन्स्टाग्राम र ह्वाट्सएप पनि फेसबुककै स्वामित्वमा छ। डाउन किन भएको बारे जानकारी आउन बाँकी छ।