बैतडीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा ५ जना घाइते

बैतडी-  बैतडीमा जीप  दुर्घटना भएको छन् । जिल्लाको पुर्चौडी नगरपालिका -७ सुइलेकमा दुर्घटना हुँदा चालकसहित ५ जना घाइते भएका हुन् ।

बुधबार राति धनगढीबाट बझाङको बुङ्गल नगरपालिका गइरहेको सुपप्र ०१–००१ च ३३८८ नम्बरको जीप  दुर्घटना हुँदा ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।