गायका सर्बिन बोगटी र पोखरेली गायिका समिक्षा अधिकारीको भाइरल ‘व्युटी व्युटी’ गित

गायका सर्बिन बोगटी र पोखरेली गायिका समिक्षा अधिकारीको भाइरल ‘व्युटी व्युटी’ गित

कर्णाली प्रदेशको विकट क्षेत्र घर भई काठमाडौंलाई कर्मभूमी बनाएका गायका सर्बिन बोगटी र पोखरेली गायिका समिक्षा अधिकारी अहिले भाइरल भएका छन् ।

उनीहरुको भर्खरै बजारमा आएको गीत ‘व्युटी व्युटी’ बोलको गीत युटूबको ट्रेंडिङमा परेपछि सर्बिन र समिक्षा भाइरल बनेका हुन् ।

बुधबार दिउँसो ४ बजे युटूबबाट सार्वजनिक गरिएको गीत त्यसको केही घण्टामै टे«ंडिङमा पर्न सफल भएको हो ।गायक तथा संगीतकार टंक बुढाथोकीको संगीत रहेको यो गीतमा बाल गायिकासमेत रहेकी समीक्षा र सर्बिनको स्वर रहेको छ ।

समिक्षाले चलचित्र ‘नाई नभन्नु ल ५’ को गीत ‘‘फेरि कहाँ आउँछ र घुमेर’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी थिइन् । गीतमा सगोत्री आचार्यको शव्द रहेको छ । लोक लयको रससमेत रहेको या गीतमा अभिनय सुनिल क्षेत्री र सृष्टि खड्काको रहेको छ ।

उक्त म्यूजिक भिडियोको निर्देशन शिशिर श्रेष्ठले गरेका हुन् । आफ्नो स्वरमा रहेको गीत चर्चित बनेपछि गायक सर्बिन बोगटीले युवा पुस्ताको आकांक्षाअनुसारको गीत बनेपछि सबैले रुचाएको बताए । उनले छोटो समयमै दर्शक र श्रोताको मन जित्न सफल गीत शनिबारसम्म युटूबको ट्रेंडिङ नम्बर १६ मा छ । गीतले चर्चा बटुल्दै गइरहेको छ ।