विशेष

आईपीएलमा आज दिल्लीको खेल, सन्दीपको सम्भावना कम

एजेन्सी    

आईपीएलमा आज दिल्लीको खेल, सन्दीपको सम्भावना कम

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सले खेल्दैछ । हैदरावादस्थित राजिव गान्धी क्रिकेट मैदानमा हुने खेलमा दिल्लीले सनराईजर्स हैदरावादसँग प्रतिस्पर्धा गर्नेछ । 

दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति ८ः१५ मा सुरु हुनेछ । हैदरावादविरुद्ध दिल्लीले  सन्दीपलाई मैदान उतार्ने सम्भावना कम छ । यसअघि रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको खेलमा खराब प्रदर्शन गरेका सन्दीपलाई दिल्लीले कोलकत्ताविरुद्धको खेलमा खेलाएको थिएन । 

सन्दीपले जारी सिजन ४ खेलमा ५ विकेट लिएका छन् । दिल्ली हैदरावादविरुद्धको खेलमा पाँचौ जितको खोजीमा रहनेछ । दिल्लीले ७ खेलमा ४ जित निकाल्दै ८ अंक जोडेको छ ।  हैदरावादले ६ खेलमा ३ जितसहित ६ अंक जोडेरको छ । 

यस्तै आइतबार हुने पहिलो खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्सले दोस्रो स्थानको कोलकत्ता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्नेछ । कोलकत्तास्थित इडेन गार्डेनमा हुने खेल नेपाली समयअनुुसार अपरान्ह ४ः१५ मा सुरु हुनेछ । 



आइतबार ०१, बैशाख २०७६ ०४:२५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस