गायिका समिक्षा अधिकारी भन्छिन् “मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन”

गायिका समिक्षा अधिकारी भन्छिन् “मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन”

सोमबार मध्यरातमा गायिका समिक्षा अधिकारीले फेसबुकमा एक स्टयाट्स लेखिन ।मलाई अति नै गाह्रो भइसक्यो, अब म बाँच्न सक्दिन भन्दै लेखेकी थिइन् । उनले फेसबुक मा जहिले पनि फोटो स्टाटस लेख्दा उनले धेरै जसो गालि पाइराखेकि हुन्छिन्। 

मध्यरातमा उनले लेखेको उक्त स्टयाट्स भने धेरै ले हेर्नै पाएनन् । राखेको केही समयमा नै उनले उक्त स्टयाट्स हटाइसकेकी थिइन् । एक लाख ११ हजार फ्लोअर्स मध्येमा १५ जनाले लाईक र एकजनाले कमेन्ट गर्न पाएका थिए ।

अब म बाँच्न सक्दिन भनेर स्टायाट्स लेखेर हटाएको केहीबेरमा उनले आफ्नो सेल्फि फोटोसहित नयाँ स्टयाट्स राखिन् । त्यसमा भने उनले “साइलेन्स र स्माइल निकै पावरफुल टुल” भन्दै क्याप्सन समेत लेखेकी थिइन् ।

यसअगाडि पनि अदालतले दिने भने १० लाख रुपैयाँ लिने आफ्नो मनसाय नभएको स्टयाटस हटाएको गायिका अधिकारीले अहिले पनि सोही कुरा दोहोर्‍याएकी हुन् ।