रात्रीकालीन पेनाल्टी सुटआउटको उपाधी हिमाल फ्रेन्ड्स लाई

रात्रीकालीन पेनाल्टी सुटआउटको उपाधी हिमाल फ्रेन्ड्स लाई

नयाँ वर्षको पूर्व सन्ध्यामा आयोजित रात्रीकालीन पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधी कञ्चनपुर पुनर्बासको  हिमाल फ्रेन्ड्स युवा क्लबले जितेको छ ।

धनगढीको नैना देवी युवा क्लवलाई हराउँदै  हिमाल फ्रेन्ड्स युवा क्लबले १ लाख पचास हजार जितेको  हो । देवी युवा क्लबले ७५ हजार रुपैयाँ पाएको छ ।

शनिबार दिउँसो २ बजे शुरु भएको प्रतियोगिता राती २ बजे सकिएको प्रतियोगिताका थियो । प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै सहभागिता जनाएका थिए ।

विगत सात वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगितामा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

रात्रीकालीन पेनाल्टी सुटआउट प्रतियोगिताको सातौं संस्करणमा ४२ टीम सहभागी रहेका संयोजक दिनेश श्रेष्ठले बताए ।