भारतको गुजरातमा पहिलोपटक एक दुलाहाले दुईवटा दुलहीसँग विवाह गर्ने भएका छन् । यो अनौठो बिहे पालघरमा अर्को हप्ता सोमवार हुनेछ । बिहेअघि नै उनीहरूका तीन बच्चाबच्ची छन् ।
एउटी दुलही वापीस्थित कम्पनीमा काम गर्छिन् भने अर्की गृहिणी हुन् । बिहेको निमन्त्रणा कार्डमा दुई दुलहीको नाम देखेर मानिस छक्क परेका छन् ।
दुलाहाको नाम सञ्जय धागडा हो । उनी अनाथ हुन् र रिक्सा चलाउँछन् । सञ्जयले १० वर्षअघि बेबीलाई भेटे । दुवैले एकअर्कालाई प्रेम गर्न थाले र बिहे नगरिकनै बस्न थाले ।
सन् २०११ मा सञ्जयले वापीस्थित एक कम्पनीमा जागिर खाने अनि स्कूलमा बनेकी साथी रीनासँग प्रेम गर्न थाले । रीना उमरगाममा बस्छिन् । बेबी र रीना दुवैबाट सञ्जयका तीन बच्चा छन् । बच्चाहरू ठूलो भएपछि तीनैले विवाहको निर्णय गरे ।
सुतारपाड नामक स्थानमा यो अनौठो बिहे हुन लागेको छ । बच्चाहरूलाई नाजायज भनी अरूले गिल्ला नगरून् भनी आफूले बिहा गर्न लागेको सञ्जयले बताए ।
दुवै महिलाले आफूहरू विवाह गर्न पाएर खुशी भएको बताए । प्रहरीका अनुसार, आदिवासी क्षेत्रहरूमा यस्ता बिहे सामान्य कुरा हो । एक पुरुषले दुई महिलासँग बिहे गर्ने चलन नै छ । अनि बच्चा पाएपछि बिहे गर्ने पनि नौलो कुरा हैन ।