आजदेखि हट्यो निर्वाचन आचारसंहिता

आजदेखि हट्यो निर्वाचन आचारसंहिता

काठमाडौँ । निर्वाचन आचारसंहिता आजदेखि हटेको छ ।प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका  लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो ।

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए।

आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।