हाफ म्याराथनको उपाधी दुर्गा बुढा लाई

हाफ म्याराथनको उपाधी दुर्गा बुढा लाई

धनगढी : नया वर्षको अवसरमा धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका आयोजना गरेको धनगढी हाफ म्याराथुनको उपाधि जुम्लाका दुर्गा बुढाले जित्नुभएको छ ।

बुढाले २१ दशमलव १ किमीको दूरी एक घण्टा सात मिनेटमा पार गर्दै ५५ हजार ५ सय ५५ रुपैया हात पारेका छन् उपाधी जितेका हुन् ।

म्याराथुनमा दोस्रो भएका नेपाली सेनाका होमलाल श्रेष्ठले एक घण्टा नौ मिनेटमा सो दुरी पार गरी ३३ हजार ३ सय ३३ नगद पुरस्कार प्राप्त गर्नुभयो । भने  तेस्रो खगेन्द्र भाटले एक घण्टा १० मिनेटमा दुरी पार गरी तेस्रो हुनुभयो ।  उहाँले १ घण्टा १० मिनेट ५ दशमलव १३ सेकेण्डमा निर्धा्रित दुरी पार गरेका हुन ।

भाटले तेश्रो हुँदै २२ हजार २ सय २२ पुरस्कार प्राप्त गर्नुभयो । धनगढी हाफ म्याराथुनको उपाधि कब्जा गर्नै बुढा जुम्लामा हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका धावक हुन ।

यस्तै, कर्पोरेट तर्फको ५ किलोमिटरमा सरद चौधरी प्रथम, भीमवहादुर चौधरी द्वितीय र पारस सोनी तृतीय हुनुभयो । उनीहरुले क्रमश ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३, २ हजार २ सय २२  नगद पुरस्कार पाएका हुन । धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका धनगढी हाफ म्याराथुनको आयोजना गर्दै आएको छ। किर्तीमानी खेलाडीहरुको धनगढी हाफ म्याराथुनमा सहभागीता वढ्दै गएको छ।

म्याराथुनमा एसीयनदेखी ओलम्पीक खेलेका धावकहरु पनि सहभागी हुन थालेका छन्।  नया वर्षको अवसरमा हरेक वर्ष ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका धनगढी हाफ म्याराथुनको आयोजना गर्दै आएको धनगढी जेसिजले हरेक वर्ष सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ ।

 हाफ म्याराथनको आज बिहान नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गनुएभएको हो  ।उहाँले देशवासीलाई नयाँ वर्ष २०७६ को अवसरमा शान्ति र समृद्धिको कामना गदैँ शुभकामना व्यक्त गर्नुभयो ।