कर्मचारीले भत्ता नपाउने भन्दै शनिवारको संसद बैठक स्थगित

कर्मचारीले भत्ता नपाउने भन्दै शनिवारको संसद बैठक स्थगित

धनगढी : प्रदेश ७ को प्रदेश सभा बैठक स्थगित भएको छ । शनिवार विहान ८ बजे बोलाईएको बैठक अन्तिममा आएर प्रदेश सभा सदस्यलाई एसएसएस र सुचना टास गरेर स्थगित गरिएको हो । 

शनिवारको प्रदेश सभा बैठकमा मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र सेवा सुविधामा गर्न बनेको विधेयकबारे छलफलपछि पारित गर्ने र केही सासदले शुन्य समयमा बोल्ने कार्यसुची थियो । तर, बैठक किन स्थगित भयो भन्नेबारे प्रदेश सभा सदस्यलाई जानकारी गराईएको थिएन । 

‘शनिवार कर्मचारीको विदा हुन्छ । विदाका दिन काम गर्दाको उनीहरुलाई भत्ता पनि हुदैन ।’ एक जना प्रदेश सभा सदस्यले भने, ‘कर्मचारीको आग्रहमा सभामुखले बैठक स्थगित गरेको भन्ने बुझिएको छ ।’

प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माका अनुसार प्रदेश सभा सदस्यल बैठक भत्ता दैनिक ७ सय ५० रुपैया पाउछन । तर, कर्मचारीले भने केही पनि पाउदैनन । साउन १ गतेदेखि खाजा खर्च शिर्षकमा दिईने एक सय रुपैया पनि कटौती गरिएको छ । उनले त्यस विषयमा केन्द्र र प्रदेश सांसदमा छलफल भईरहेको जानकारी दिए । 

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सरकार गठन भएको छ महिना भन्दा बढी भएपनि शनिवार वा सार्वजनिक विदाका दिन ४ दिनमात्रै संसद बैठक बसेको छ । 

स्रोतका अनुसार विदाका दिन बैठकमा काम गरेवापत सेवा सुविधा नपाईने भन्दै कर्मचारीले नै शनिवार वा सार्वजनिक विदाका दिन बैठक नराख्न सभामुखलाई दवाव दिने गरेका छन ।