कैलालीको भासु भीरमा सडेको शव फेला

कैलालीको भासु भीरमा सडेको  शव  फेला

कैलालीको चुरे गाँउपालिकाको भासु भीरमा एक जनाको शव फेला परेको छ । प्रहरीले झण्डै आधा दिनको प्रयासमा शुक्रवार भासुको भीरबाट शव निकालेको छ ।

उक्त शव महिनौँ पूरानो भएका कारण कंकाल मात्र रहेकाले पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । तर वेपत्ताको उजुरीका आधारमा शव पहिचानमा जुटेको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले बताउनुभयो ।

मासु कुहिसकेको अवस्थामा फेला परेको शवको सनाखत हुन सकेको छैन । घट्नास्थलबाट मोवाईल फेला परेको छ ।

बिहीवार साँझ स्थानीय बासिन्दाले भासु भीरमा शव रहेको जानकारी दिएपछि हिजो बिहान फल्टुडेस्थित ईलाका प्रहरी कार्यालयका प्रमुख निरिक्षक माधव विश्वकर्मा र सशस्त्र प्रहरीको टोली घट्नास्थल पुगेको थियो । लाश पोष्टमार्टम र पहिचानका लागि सेती अञ्चल अस्पतालको शब गृहमा राखिएको छ ।