स्याङ्जा-२ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा-२ बाट कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा-२ बाट नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी नेकपा (एमाले) उम्मेदवार पद्मा अर्याललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। गुरुङले ३१ हजार ४६६ मत पाए भने अर्यालले २५ हजार ८३९ मत पाइन्।

२०७४ सालको निर्वाचनमा अर्याल निर्वाचित भएकी थिइन्। उनले कांग्रेसका गोपालमान श्रेष्ठलाई पराजित गरेकी थिइन्।