भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

धनगढीः भिरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ। 

जिल्लाको व्यास गाउँपालिका–३ तुसरपानीका ५० वर्षीय डम्मरसिंह डडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

शुक्रबार उनको भिरबाट लडेर मृत्यु भएको हो। प्रहरी घटना स्थलतिर गएको छ। तर शनिबार प्रहरीको समूह सम्पर्कमा आएको छैन्। शुक्रबार दिउँसो घाँस–दाउरा काट्ने क्रममा भिरबाट लडेका डडालको घटनास्थलमै ज्यान गएको बताइएको छ  ।