कैलालीको एक पसलमा आगलागी

कैलालीको एक पसलमा आगलागी

धनगढी । कैलालीको जानकी गाउँपालिकाको एक पसलमा आगलागी  भएको छ । जानकी गाँउपालीका वडा नम्बर ५ पथरैया बस्ने अहमद युनिस जागाको न्यू मदार स्टोर किराना होलसेल पसलमा आगलागी भएको हो ।

गोदाममा बिद्युत्को तार सट भई एक्कासि आगलागी हुँदा गोदाम  भित्र भएका सम्पूर्ण किरानाको सामान जली नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीका कारण झन्डै १२ लाख बराबरको क्षति भएको कैलाली प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए ।
मानवीय तथा चौपाया क्षति भने नभएको जनाइएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण गरिएको छ ।