धनगढी । बाजुरामा प्रतिनिधि सभा र प्रदेश सभाको मत गणना जारी छ । हाल सम्म मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार बद्री पाण्डेले १२हजार ७०५ मत पाएका छन् ।
एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ५९ मत प्राप्त गरेका छन् । उनीहरूबिच २ हजार ६४६ मतको अन्तर देखिएको छ । बाजुरामा ६० हजार १५२ मत खसेको थियो ।