धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

धनुषामा जन्ती बोकेको जीप दुर्घटना  हुँदा ५ जनाको मृत्यु

जनकपुरधाम ।  धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए ।

एसपीका अनुसार  मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती लिएर इटहरी फर्किँदै गरेको जीप शनिबार बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो । घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।