बिष्ट हत्या प्रकरण : थप एक जना पक्राउ

बिष्ट हत्या प्रकरण : थप एक जना पक्राउ

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटका ४० वर्षीय नरसिंह बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ । 

व्याँस गाउँपालिका–४ डोकटकै ३५ बर्षीय राम सिह महरालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिए । व्यासँ गाउँपालिका–४ डोकटमा होटल व्यवसाय गर्दै आएका महरालाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएर अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको उनले बताए ।

मंसिर ३ गते राति दिपक विष्ट र नर सिह विष्टले महराको होटलमा मदिरा सेवन गरेको खुल्न आएको छ । केही दिन पहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाले नरसिह विष्टको हत्यामा संलग्न रहेको आरोपमा गाउँकै २५ वर्षीय दिपक बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । उनको अहिले अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको छ ।