६ नमूनाको रिपोर्ट पोजिटिभ

६ नमूनाको रिपोर्ट पोजिटिभ

थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ८९८ नमूना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४२१ र एन्टिजेनबाट ४७७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ६ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप २३ जना कोरोनामुक्त भएका छन्।