सारथी अस्पताललाई तिन दिन भित्र अनुमति पत्रसहित पेश गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन

सारथी अस्पताललाई तिन दिन भित्र अनुमति पत्रसहित पेश गर्न प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशन

कैलालीको धनगढीमा विना अनुमति उपचार सेवा शुरु गरेको सारथी अस्पतालको मापढण्ड र अनुमति पत्रसहितको प्रमाणपत्र माग गरेको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य निर्देशनालयले अस्पताललाई तीन दिनभित्र प्रमाणपत्र पेश गर्न भनि शुक्रबार पत्र पठाएको हो ।

विभिन्न सञ्चारमाध्यमले ‘अनुमति नलिएरै अस्पतालको सेवा शुरु’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेसंगै मन्त्रालयका सचिव गोगनबहादुर हमालसंगको छलफल पछि निर्देशनालयले सो विवरण माग गरेको निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो ।

‘उहाँले  मापढण्ड पुरा गरे नगरेको कागजपत्र र अनुमति पत्र तीन दिनभित्र उपलब्ध गराउन भनी पत्र पठाएका र  कागजपत्र उपलब्ध गराउन नसकेपछि शिल गरिने बताउनुभयो ।

डाक्टर अवस्थीको हष्ताक्षरमा निर्देशनालयले पठाएको पत्रमा भनिएको छ –‘त्यस (सारथी) अस्पतालले स्वास्थ्य संस्था स्थापना सञ्चालन तथा स्तरोन्नती मापढण्ड निर्दे्शिका २०७० पहिलो संसोधन २०७३ को मापढण्ड पुरा गरे नगरेको आवश्यक प्रमाणपत्रसहित आवश्यक प्रमाणपत्रसहित ३ दिनभित्र यस निर्देशनालयमा जानकारी पठाउन हुन अनुरोध छ ।’

सारथी अस्पतालले अनुमतिको लागि धनगढी उपमहानगरपालिका, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयमा निवेदन दिएको भए पनि अहिलेसम्म सञ्चालन अनुमति पाएको छैन । नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको गोदाम भाडामा लिएर अस्पतालले बिहिबारदेखि सेवा शुरु गरेको थियो ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी (दोस्रो संशोधन) निर्दे्शिका २०७३ अनुसार अनुमति बिना कुनै पनि स्वास्थ्य संस्थाले सेवा प्रदान गराउन नपाउने व्यवस्था रहेको छ ।

स्वास्थ्यको स्पष्ट ऐन नबन्दा अहिले नया अस्पताललाई अनुमति दिने काम कतैबाट नभएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।