मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

मकवानपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

मकवानपुर ।  मकवानपुरको बकैया–३ हात्तिसुढेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रीपुरका ३० वर्षीय श्याम लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मंगलबार राति हात्तिसुढेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नम्वरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडकको नालीमा खसेर दुर्घटना हुँदा लामा घाइते भएका थिए ।