गाईको गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

गाईको गोबरबाट बन्यो सावुन, शरीरमा गर्दैन कुनै हानि

काठमाडौँ: आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् । भारतमा गाईको गोबरबाट बनेको साबुन प्रचलनमा ल्याइएको छ ।

भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । यो साबुन अलिक महंगो छ । गाईको गोबरबाट बनेको सावुनको लोकप्रियता बढिरहेको उत्पादक कम्पनीले बताएको छ ।

साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ । गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक गरिएको छ ।

धर्म ग्रन्थहरूमा गाईको दूध र गहुँतलाई पवित्र र राम्रो वस्तुको रुपमा व्याख्या गरेको पाइन्छ ।