बलात्कार विरुद्ध चार महिने अभियान सुरु, निर्मला पन्तको घटनालाई बङग्याउने चलखेल भइरहेको आरोप

बलात्कार विरुद्ध चार महिने अभियान सुरु, निर्मला पन्तको घटनालाई बङग्याउने चलखेल भइरहेको आरोप

धनगढीः प्रदेश ७ मा बलात्कारपछि हत्याका घटना बढ्दै गएपछि बलात्कार विरुद्ध चार महिने अभियान सुरु गरिएको छ । 

महिला अधिकारको क्षेत्रमा काम गर्दै आएको महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल नामक संस्थाले शुक्रवारदेखि बलात्कार विरुद्ध चार महिने अभियान सुरु गरेको हो । 

उक्त अभियानबारे जानकारी दिन शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियान सुरु भएको जानकारी गराइएको हो ।

बलात्कारका घटना न्युनिकरण र घटनामा सग्लनलाई कानुनी दायरामा ल्याउन उक्त अभियानले सहयोग पुग्ने महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी अध्यक्ष डा. रेणु अधिकारी राज भण्डारीले बताइन् । 

उक्त अभियान अन्तर्गत हरेक हप्ताको शुक्रवार दिउसो ११ देखि १२ बजेसम्म मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिइने छ भने हरेक महिनाको अन्तिम दिन ¥याली निकालिने छ । 

एक हप्ताभित्र सरोकारवालासगस छलफल गरी समुदाय समुदाय तहदेखि अभियान सञ्चालनका लागि कार्य योजना तयार गर्ने, हरेक जिल्लामा ¥याली एवं जिल्ला समन्वय समिति अगाडी धर्ना, पत्रकार, प्रहरी लगायत सरोकारवालासँग लैङगिक सवेदनशिलताबारे अन्तरक्रिया गरिने बताइएको छ । 

महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालकी केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष निर्मला बाग चन्द संयोजक रहेको अभियानमा अनौपचारिक सेवा केन्द्र ईन्सेकका कृष्ण विक सह–संयोजक र सिविन नेपालका हिरालाल चौधरी सदस्य रहेका छन् ।

निर्मला पन्तको घटनालाई बङग्याउने चलखेल भइरहेको आरोप

यस्तै, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गर्नुको साटो घटनालाई बङग्याउने चलखेल भइरहेको आरोप लगाएको छ । 
बिहीबार घटनास्थलको अनुगमन, प्रहरी र बालिकाका आफन्तसँगको भेटघाट र छलफलपछि राजनीतिक दबाबका कारण, मुद्दालाई बङग्याउने प्रयास भइरहेको पाइएको भण्डारीले बताइन् । 

‘बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनामा प्रशस्तै शका गर्ने आधार छ ।’ उनले भनिन् ।

घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवि) को टोली परिचालन गर्नु सकारात्मक रहेपनि १५÷१५ दिनसम्म घटनाबारे केही पत्ता नलाग्नु आफै शङ्कास्पद रहेको उनले दाबी गरिन ।