मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन्।
नेपाली कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्। २०७० सालको संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका पोखरेल यो पटक गिरीजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पराजित गरेका हुन्।
पोखरेल ३३ हजार १४८ मत ल्याउदा कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन्।